एजेन्सी । भारतको मुम्बईस्थित कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ। घटनामा १७ जना घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको छ। विरारस्थित विजय वल्लभ अस्पतालमा शुक्रबार बिहान भएको आगलागीमा परी १३ जना कोरोना संक्रमितको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। समाचारप्रति तपाईंको प्रतिक्रिया
काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । एमाले नेता माधवकुमार नेपालसँगको भेटलगत्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकले मधेस र थरुहट आन्दोलनमा पक्राउ परेका नेता कार्यकर्ताको मुद्दा फिर्ताबारे निर्णय लिनेछ । समाचारप्रति तपाईंको प्रतिक्रिया
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको वार्तामा कुनै प्रगति नभएको नेकपा नेता माधवकुमार नेपालले बताएका छन् । डेढ महिना लामो सम्वादहीनता तोडेर बुधबार दुई नेताबीच २ घण्टा लामो कुराकानी भएको थियो । त्यसको भोलिपल्ट बिहीबार पनि दुई नेताबीच मेरियट होटलमै डेढ घण्टा कुराकानी भएको छ । तर, दुई दिनमा शीर्ष दुई नेताबीच वान टु वान साढे तीन...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा बहुमत सदस्यहरुले हस्ताक्षर गरेर दलबाट केपी ओलीलाई हटाएको बताएका छन् । बिहीबार १५०औँं लेनिन जयन्ती तथा ७१औँ नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा पेरिडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संसदीय दलको नेताबाट ओलीलाई हटाएको स्मरण गरेका हुन् । उनले भने, ‘हामीले आजको सिस्टमअन्तर्गत प्रतिनिधिसभामा बहुमत सदस्यहरुले हस्ताक्षर गरेर दलबाट फालेकै...